प्रश्नः १२
मैले केही महिनाअघि जर्मन रिमेडिज कम्पनीको भिगोरा ५० एमजी तथा १०० एमजीको ट्याबलेट लिएको थिएँ र त्यसको प्रभाव पनि राम्रै थियो । अहिले पनि यो औषधी सेवन गरिरहेको छु । के यसको कुनै साइड इफेक्ट हुन्छ वा दिर्घकालमा केही असर पर्छ । यो औषधी महिलालाई ख्वाउँदा कुनै प्रभाव हुन्छ कि हुँदैन ? पूर्ण जानकारी दिए अभारी हुने थिए ।-- एम.
प्रश्नः ११
प्रश्नः १०
म २६ वर्षीय विवाहित पुरुष हुँ । मेरो उचाइ ५ फिट ३ इन्च र तौल ६० किलोग्राम छ । मेरो विवाह भएको चार वर्ष भयो । मेरी एउटी छोरी पनि छ । मेरो लिंग ५ इन्च लामो र ४ इन्च मोटो छ, जबकि मेरी श्रीमतीको योनिको गोलाइ ६ इन्च छ । मेरो लिंगभन्दा श्रीमतीको योनि १ इन्च नै खुकुलो छ । यौ नसम्पर्कमा श्रीमतीले सन्तुष्टि नपाएको महसुस गर्छिन् । शारीरिक सम्पर्कका बेला मेरी श्रीमतीको योनीबाट पाँच-पाँच मिनेटको अन्तरमा बढी मात्रामा तरल पदार्थ निस्कन्छ । मेरी श्रीमतीको उमेर २१ वर्ष र उचाइ ५ फिट २ इन्च तथा तौल ५५ किलोग्राम छ । उचाइ र तौल बढी भएर योनि ठूलो भएको हो कि ? शारीरिक सम्पर्कको बेला श्रीमतीको योनिबाट किन धेरै पानी आएको होला ? कतै यो रोग त होइन ? कि शारीरिक सम्पर्कका बेला योनिबाट बढी पानी बगेकाले श्रीमतीले यौनसम्पर्कमा सन्तुष्टि नपाएको अनुभव गरेकी हुन् कि ? यो पानी कम गर्न के गर्नुपर्छ ? योनि सानो बनाउने कुनै भरपर्दो औषधी भए बताइदिनुहोला । लिंगलाई ठूलो बनाउने भरपर्दो औषधी छ ?--एबीसी
प्रश्नः९
प्रश्नः ८
म एक सन्तानकी आमा हुँ । लगभग दुई वर्ष भयो, मैले आफ्नो श्रीमान्सँग यौनसम्पर्क नराखेको । अर्को एक पुरुषसँग माया बसेकाले दुवै जनाको सहमतिमा करिब १५ महिना लगातार यौन सम्पर्क राख्यौँ र दुई महिनापहिले ऊ पनि वैदेशिक रोजगारीमा गयो । त्यसयता मैले कसैसँग सम्पर्क राखेकी छैन । हुनत म जोसँग पनि यौनसम्पर्क राख्ने महिला होइन, तर पनि आफ्नो श्रीमानबाहेक माया-प्रेम बस्न गएकाले यस्तो भएको हो । यी सबै कुराको निचोड र मेरो मनको खुल्दुली के हो भने अब एक-दुई महिनाभित्रै मेरा श्रीमान् घर आउँदै हुनुहुन्छ । मैले अरू कसैसँग यौनसम्पर्क राखे-नराखेको उहाँलाई थाहा हुन्छ ? थाहा हुन्छ भने कसरी ? थाहा हुँदैन भने कसरी ? के यस्तो कुरा थाहा पाउने कुनै उपाय छ ? के महिलाले आफ्नो यौनचाहना दबाएर राख्नुपर्छ ? गोप्य तरिकाले सम्बन्ध राख्न पाइँदैन ? यो अधिकार महिलालाई छ कि छैन ?--र.
प्रश्नः७
प्रश्नः ६
हाल म २७ वर्षको भएँ । मेरो लिङ्गको टाउको र लिंग जोडिने ठाउँवरिपरि स-साना गिर्खा छन् । मेरो उमेर १४ वर्ष हुँदादेखि नै यी गिर्खा देखिएका हुन् । दुई घेरा बनेर बसेका यी गिर्खाहरू कहिलेकाहीं चिलाउँछन् तर दुख्दैनन् । लिंगको अघिल्लो भागको बाहिरी छालामा दायाँ र बायाँ स-साना फोका पनि छन् । कहिलेकाहीं यी फोकाहरू पनि चिलाउँछन् । लिंगको प्वालको छेउमा रातो दाग छ । सानैदेखि मेरो लिंगको टाउको हल्का रातो रङ्गको छ । मेरो कसैसँग यौनसम्पर्क भएको छैन । मैले दुईपल्ट डाक्टरलाई देखाएँ । एक जना डाक्टरले गिर्खा ग्लान्ड्स हुन् भन्नुभयो र म ढुक्क भएर बसें । अहिलेसम्म पनि यी गिर्खा, फोका अनि राता दाग जस्ताका तस्तै छन् । वास्तवमा यी गिर्खा के हुन् ? के यो कुनै यौनरोग हो ? मैले कस्तो उपचार गराउनुपर्ला ?--एस.
प्रश्नः५
प्रश्नः ४
म २८ वर्षीय विवाहित युवक हुँ । मेरो विवाह दस महिनापहिले मभन्दा सात वर्ष कम उमेरकी युवतीसँग भयो । विवाहको एक महिनापछि म विदेश आएँ । मेरो एक महिनाको हनिमुन ज्यादै खल्लो भयो । किनभने मैले सोचेजस्तो यौनअनुभव गर्न पाइनँ । पहिलो सम्भोगमै श्रीमतीको योनि ज्यादै खुकुलो अनुभव गरें । उनका स्तन पनि लत्रिएको थियो र सम्भोगमा ज्यादै पानी बग्थ्यो । उनी मभन्दा मोटी छिन् । सम्भोग गर्दा उनी कुनै प्रतिक्रिया जनाउँदैनथिन् । यी सबै कुराको कारण के होला ? कहीँ उनले विवाह हुनुभन्दा पहिले अरू पुरुषसँग धेरै सम्पर्क गरेर त यस्तो भएको होइन ? अझ एक महिनाको समयमा गर्भ पनि बसेन । उनी अहिले पढ्न भनेर सहरमा एक्लै बस्छिन् । कहीँ उनले मेरो अनुपस्थितिमा अरू पुरुषसँग विगतका क्षणहरू दोहर्यामउने त होइनन् ? म पुनः एक वर्षपछि नेपाल जाँदै छु । त्यो समयमा मैले उनीसँग शारीरिक सम्पर्क गर्दा नयाँ अनुभव पाउँछु कि पाउँदिनँ ? उनको स्तन र योनिमा कुनै परिवर्तन आउला कि नआउला ? उनले अरू पुरुषसँग सहवास गरे-नगरेको कसरी थाहा पाउन सकिएला ? आजकाल म दिनमा दुई-तीन पटक हस्तमैथुन गर्छु । बढी हस्तमैथुन गर्दा पछि गएर शरीरलाई के-कस्तो असर पर्ला ? कहीं लिंगमा ढिलापन आएर श्रीमतीलाई सन्तुष्टि दिन नसक्ने पो हुँ कि ? श्रीमतीको अनुपस्थितिमा हस्तमैथुन गर्ने बानीलाई कसरी कन्ट्रोल गर्न सकिएला ? मैले सुनेको छु, हस्तमैथुन गर्नेहरूको लिंग कमजोर हुनुका साथै स्खलन पनि छिटो हुन्छ । के यी भनाइ सत्य हुन् ? हस्तमैथुनका फाइदा-बेफाइदा के छन्?--एस.
प्रश्नः३
प्रश्नः २
म २७ वर्षीय विवाहित पुरुष हुँ । मेरो उचाइ ५ फिट ६ इन्च तथा तौल ६५ किलोग्राम छ । मेरो विवाह भएको दुई वर्ष भयो, तर कारणवश विवाह भएको एक महिनामै विदेश आउनुपर्योच । अहिले म इराकमा छु । मलाई निकै यौनचाहना हुन्छ, तर यहाँ हस्तमैथुनबाहेक अरू केही उपाय छैन । यौनसन्तुष्टि पाउन म पनि प्रायः दैनिकजसो हस्तमैथुन गर्छु, त्यो पनि सधैंजसो नीलो फिल्म हेरर । उता मेरी जीवनसंगिनीलाई पनि मलाई जस्तै हुन्छ । हामीहरू कहिलेकाहीँ फोन सेक्स पनि गर्छौं । त्यसैले म अब छिट्टै नेपाल र्फकने विचारमा छु, तर मलाई मेरो लिंग सानोजस्तो लाग्छ -लम्बाइ १० सेन्टिमिटर र मोटाइ ३ दशमलव ५ इन्च) । उत्तेजना भएका बेलामा म यसको लम्बाइ १ इन्च र मोटाइ शून्य दशमलव ५ इन्च बढाउन चाहन्छु । यसका लागि म पम्पिङ विधि प्रयोग गर्न सोचमा छु । के मैले यसको फाइदा, हानि र यसको विधिका बारेमा थाहा पाउन सक्छु ? जस्तैः पम्पिङ भनेको हो ? यो कुनै उपकरण हो कि यो पनि हातैले पम्प गर्न हो ? यदि उपकरण हो भने नेपालमा त्यस्तो सेवा उपलब्ध छ कि छैन ? कति समयसम्म गर्दा यसको असर हुन थाल्छ ? यौनसन्तुष्टि तथा यौनस्वास्थ्यलाई मध्यनजर गर्दै म मेरो लिंगको टुप्पाको छाला काट्ने विचारमा छु । यो सुविधा नेपालमा उपलब्ध छ कि छैन ?--बी.
प्रश्नः १
म २४ वर्षीय युवक हुँ । म आफूलाई पूर्ण सम्झन्नँ, किनभने म आफूलाई Gay पनि भन्न सक्दिनँ, न Bi-sexual न त straight नै भन्न सक्छु । यतिका वसन्त पार गरुन्जेलसम्म म केटा र केटी दुवैप्रति उत्तिकै आकषिर्त हुन्छु । मैले विगत ६ वर्षदेखि एक युवतीसँग प्रेम गरिरहेको छु र उनलाई मैले पूर्ण सन्तुष्टि पनि दिएको छु । उनलाई मेरो Gay समस्याका बारेमा जानकारी छैन । म यो Gay sex को पाटोलाई लिएर अघि बढ्न सक्दिनँ । नेपालमा Gay sex को धारणा कस्तो छ, मैले बुझेको छु । यसको परिणाम म सोच्न पनि सक्दिनँ र चाहन्नँ पनि । तसर्थ म सामान्य जीवन बिताउन चाहन्छु । यस्तो कुनै प्रकारको औषधि, योग इत्यादि छ कि छैन, जसले मेरो समस्या समाधान गरोस् । --एसए
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |