मित्रहरु, हामीले अबका दिन देखि "अब तपाईको पालो" स्तम्भबाट तपाईका सेक्ससँग सम्बन्धित सम्पुर्ण सामग्रीहरु समावेश गर्ने योजना बनाएका छौ । जसमा तपाईले आफ्ना अनुभवहरु साटा-साट गर्न सक्नुहुनेछ । यहाँ हामीले कुनै पनि कुरामा बन्देज लगाउने छैनौं । त्यसैले तपाईले जे जस्ता सामग्रीहरु राख्न सक्नुहुनेछ । यहाँ तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरु राख्न सक्नुहुनेछ । तपाईका यी सामग्रीहरु हामीले कुनै रोकतोक सिधै प्रकाशित गर्ने व्यवस्था गरेका छौं त्यसैले तपाईले कुनै सम्पादन वा काटछाट होला भनेर डराउनु पर्दैन । तपाईले तपाईको सामग्री तपाईको ईमेलमा लेखेर 420nepal.mypost@blogger.com मा ईमेल गर्नु भयो भने यो सिधै http://www.420nepal.blogspot.com/ मा प्रकाशित हुन्छ । नपत्याए एउटा ईमेल लेखेर try गरी हेर्नुहोस् है त ।
ईमेल गर्ने तरिका:
To: 420nepal.mypost@blogger.com
Subject: शिर्षक लेख्नुहोस, के हो ।
फोटाहरु राख्न खोज्दै हुनुहुन्छ भने तपाईले Attach गर्नुहोस् ।
detailमा तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरुको बारेमा लेख्नुहोस अनि तपाईको नाम चाहि लेख्न नभुल्नु होला तल वा माथि र send गर्नु होस् ।

Latest posts

Nepali sexy model girls photos

मैले केही महिनाअघि जर्मन रिमेडिज कम्पनीको भिगोरा ५० एमजी तथा १०० एमजीको ट्याबलेट लिएको थिएँ र त्यसको प्रभाव पनि राम्रै थियो । अहिले पनि यो औषधी सेवन गरिरहेको छु । के यसको कुनै साइड इफेक्ट हुन्छ वा दिर्घकालमा केही असर पर्छ । यो औषधी महिलालाई ख्वाउँदा कुनै प्रभाव हुन्छ कि हुँदैन ? पूर्ण जानकारी दिए अभारी हुने थिए ।-- एम.

उत्तरः तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले पुरुषको लिङ्ग कसरी उत्तेजित हुन्छ भन्ने कुराको चर्चा गरौं ।
यौनसन्देश  पनि हामीले इन्दि्रयहरूबाट ग्रहण गर्छौं र त्यो मस्तिष्कसम्म स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको  माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका  सन्देशहरू प्राप्त भए व्यक्तिमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने  कुराचाहिँ फरक-फरक हुन सक्छन् । यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा  भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो  र लामो हुन्छ । यसैलाई हामी लिङ्ग उत्तेजित भएको भन्छौ ।

औषधीका बारेमा केही कुरा

लिङ्ग उत्तेजनामा समस्या कायम रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ जसले गर्दा समस्याको सही निदान र त्यसैअनुरूपको  उपचार गर्न सकियोस् । अहिले चर्चामा रहेको भियाग्राका बारेमा त सुन्नुभएकै होला । भियाग्रामा सिल्डेनाफिल साइट्रेट नामक  औषधी हुन्छ । तपाइर्ंले उल्लेख गर्नुभएको औषधीमा भएको मुख्य तत्त्व पनि त्यही हो ।  लिङ्गको उत्तेजनामा कठिनाइ हुने  व्यक्तिको उपचारका लागि प्रयोग गरिने भए पनि औषधी खाँदैमा स्वःस्फूर्त रूपमा अर्थात् आफसे आफ लिङ्ग उत्तेजित हुन्छ  भन्ने होइन । यदि कुनै पुरुष यौनको दृष्टिकोणले उत्तेजित भए लिङ्गमा रगत भरिने क्रम सामान्य अवस्थामा भन्दा बढी हुन्छ ।  त्यसैले लिङ्गमा राम्रोसँग उत्तेजना आउँछ । यौनसम्पर्क सकिएपछि लिङ्ग पुनः पुरानै अवस्थामा र्फकन्छ ।

कुनै नकारात्मक असर छ कि ?

हृदयरोग भएका व्यक्तिहरूले अन्य बढी शारीरिक परिश्रम गर्नुपर्ने स्थितिमा जस्तै यौनसम्पर्क राख्दा पनि विशेष ध्यान  पुर्यालउनुपर्ने हुन्छ । विशेष गरेर हृदयरोगका लागि नाइट्रेट भएका औषधीको प्रयोग गर्ने व्यक्तिले यो औषधी प्रयोग गर्नु हुँदैन ।  अचानक रक्तचापमा कमी भएर ज्यान जोखिममा पनि पर्न सक्छ । हृदयरोग, रक्तचाप, कलेजो वा मृगौलासम्बन्धी खराबी  भएका व्यक्तिले विशेष गरेर यो औषधीको सेवन गर्नुअघि विचार पुर्याचउनुपर्छ । यी औषधी त्यसै बजारमा किनेर खानु हुँदैन,  चिकित्सकसँग सल्लाह गरेर उनकै सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।

त्यसैगरी यो औषधी यौनइच्छा वा क्षमता वृद्धि गर्ने एफ्रोडिजियाक वा हार्मोन भएको औषधी पनि होइन भन्ने कुरा बुझ्नु  आवश्यक छ । त्यसैले तपाईंको लिङ्ग उत्तेजनासम्बन्धी सबै समस्यालाई समाधान नगर्न सक्छ । प्रयोगकर्तामध्ये कतिपयलाई  टाउको दुख्ने, अनुहार रातो भएर आउने तथा पेटमा गडबडी हुनेजस्ता असरहरू देखिन सक्छन् । दृष्टि क्षमतामा नीलो र  हरियो रंग छुट्टयाउन नसक्ने, प्रकाशसँग बढी संवेदनशील हुने तथा धमिलो देखिनेजस्ता समस्या कसैकसैलाई हुनसक्छ । अति  विरलै हुने भए पनि कसै कसैमा लिङ्गको उत्तेजना भए पनि पुरानै अवस्थामा नफर्किएर उत्तेजित अवस्थामा नै रहने हुनसक्छ ।  यदि यस्तो स्थिति ४ घण्टासम्म पनि निरन्तर कायम रहे तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्ने हुन्छ, नत्र भने लिङ्गमा स्थायी  रूपमै खराबी उत्पन्न हुन सक्छ ।

औषधी किन प्रयोग गर्नुभएको होला ?

यो कुरा पक्कै हो कि यौनसम्बन्धी कुरामा नयाँ प्रयोग गर्न सकियो भने यौनसुख प्राप्तिमा नयाँ आयाम थप्छ । यद्यपि यसको  अर्थ यो होइन कि सोचविचार नगरी त्यसो गरियोस् । तपाईले चिकित्सकको सल्लाहमा यो काम गर्नुभएजस्तो लागेन । तपाईंले  पत्रमा आपनो लिङ्ग उत्तेजनामा कुनै समस्या भएको कुरा पनि उल्लेख गर्नुभएको छैन ।

के महिलामा प्रभावकारी होला ?

अहिले तपाईंले महिलाको यौन उत्तेजना बढाउने वा उनलाई सक्रिय गराउने औषधीको उपलब्धता अनि प्रयोगले हुने फाइदाका  बारेमा निकै आकर्षक विज्ञापनहरू हेर्नुभएको हुनसक्छ । औषधी बनाउने कम्पनीहरूकै संलग्नतामा गरिएको एक अध्ययनले  केही सकारात्मक कुरा देखाएको छ, तर यसको निष्पक्षतामा स्वाभाविक रूपमा प्रश्न उठ्ने नै भयो, त्यसैले अहिले ती  अध्ययनले देखाएका सबै कुरामा विश्वास गरिहाल्नुपर्ने स्थिति छैन । यौनसम्पर्क गर्दा वा चलाएर उत्तेजित पार्दा योनि, भगोष्ठ  तथा भगाङ्कुरको संवेदनशीलतामा कुनै परिवर्तन आउँछ कि आउँदैन भन्ने कुरा अध्ययनमा हेरिएको थियो । यौन उत्तेजनामा  समस्या हुने महिलालाई फाइदा पुगेको पाइयो, तर यौनेच्छा नै कम भएका महिलामा एकदम कम सकारात्मक प्रभाव परेको  देखियो । भावनात्मक वा मनोवैज्ञानिक कारणले यौन समस्यामा परेका महिलालाई कमै फाईदा पुग्ने देखिन्छ ।

Sildenafil citrate औषधीको अल्पकालीन वा दीर्घकालीन प्रभावका बारेमा महिलामा पुरुषको तुलनामा एकदमै कम  अध्ययन भएकाले वास्तवमा यसै भन्न सकिने स्थिति छैन । अमेरिकी FDA ले यो औषधीको कुनै पनि रूप महिलालाई प्रयोग गर्न  अनुमति दिएको छैन । महिलाका लागि भनेर अन्य औषधीको विकास गर्ने प्रयास भने जारी छ ।

अन्तमा, तपाईंलाई किन महिलालाई ख्वाउने सोच आयो, थाहा भएन । यदि उक्त महिला तपाईंले माया गर्ने व्यक्तिभित्र  पर्नुहुन्छ भने यस्तो अनावश्यक जोखिम उठाउनुभन्दा उनको यौनसम्बन्धी कुरा तथा क्रियाकलापमा रुचि बुझेर त्यसैअनुरूप  अघि बढ्नु श्रेयष्कर हुन्छ ।

No comments:

Post a Comment