मित्रहरु, हामीले अबका दिन देखि "अब तपाईको पालो" स्तम्भबाट तपाईका सेक्ससँग सम्बन्धित सम्पुर्ण सामग्रीहरु समावेश गर्ने योजना बनाएका छौ । जसमा तपाईले आफ्ना अनुभवहरु साटा-साट गर्न सक्नुहुनेछ । यहाँ हामीले कुनै पनि कुरामा बन्देज लगाउने छैनौं । त्यसैले तपाईले जे जस्ता सामग्रीहरु राख्न सक्नुहुनेछ । यहाँ तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरु राख्न सक्नुहुनेछ । तपाईका यी सामग्रीहरु हामीले कुनै रोकतोक सिधै प्रकाशित गर्ने व्यवस्था गरेका छौं त्यसैले तपाईले कुनै सम्पादन वा काटछाट होला भनेर डराउनु पर्दैन । तपाईले तपाईको सामग्री तपाईको ईमेलमा लेखेर 420nepal.mypost@blogger.com मा ईमेल गर्नु भयो भने यो सिधै http://www.420nepal.blogspot.com/ मा प्रकाशित हुन्छ । नपत्याए एउटा ईमेल लेखेर try गरी हेर्नुहोस् है त ।
ईमेल गर्ने तरिका:
To: 420nepal.mypost@blogger.com
Subject: शिर्षक लेख्नुहोस, के हो ।
फोटाहरु राख्न खोज्दै हुनुहुन्छ भने तपाईले Attach गर्नुहोस् ।
detailमा तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरुको बारेमा लेख्नुहोस अनि तपाईको नाम चाहि लेख्न नभुल्नु होला तल वा माथि र send गर्नु होस् ।

Latest posts

Nepali sexy model girls photos

म एक सन्तानकी आमा हुँ । लगभग दुई वर्ष भयो, मैले आफ्नो श्रीमान्सँग यौनसम्पर्क नराखेको । अर्को एक पुरुषसँग माया बसेकाले दुवै जनाको सहमतिमा करिब १५ महिना लगातार यौन सम्पर्क राख्यौं र दुई महिनापहिले ऊ पनि वैदेशिक रोजगारीमा गयो । त्यसयता मैले कसैसँग सम्पर्क राखेकी छैन । हुनत म जोसँग पनि यौनसम्पर्क राख्ने महिला होइन, तर पनि आफ्नो श्रीमानबाहेक माया-प्रेम बस्न गएकाले यस्तो भएको हो । यी सबै कुराको निचोड र मेरो मनको खुल्दुली के हो भने अब एक-दुई महिनाभित्रै मेरा श्रीमान् घर आउँदै हुनुहुन्छ । मैले अरू कसैसँग यौनसम्पर्क राखे-नराखेको उहाँलाई थाहा हुन्छ ? थाहा हुन्छ भने कसरी ? थाहा हुँदैन भने कसरी ? के यस्तो कुरा थाहा पाउने कुनै उपाय छ ? के महिलाले आफ्नो यौनचाहना दबाएर राख्नुपर्छ ? गोप्य तरिकाले सम्बन्ध राख्न पाइँदैन ? यो अधिकार महिलालाई छ कि छैन ?--र.

विवाहेत्तर सम्बन्ध राखेको संकेत के हुन सक्छ ?


कहिलेकाहीं यो निकै सजिलो र स्पष्ट हुन सक्छ भने कहिले निकै गार्हो  । श्रीमान्को लामो गैरहाजिरीमा अर्थात् श्रीमान्सँग यौनसम्पर्क नभएको स्थितिमा गर्भ रहन गए अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क भएको सजिलै थाहा पाउन सकिने भयो, तर अन्य कतिपय स्थितिमा भने यौनसम्बन्ध भएको थाहा पाउन सजिलो छैन । अहिले बजारमा उपलब्ध गर्भनिरोधको प्रभावकारी उपायहरूका बारेमा हामीलाई थाहै छ, यौनसम्पर्क मानिसको अति नै गोप्य व्यवहार हो, त्यसमा पनि विवाहेत्तर सम्बन्ध अति गोप्यताका सम्पन्न गरिने भएकाले सुइँको पाउन गार्है् हुन्छ ।

यति हुँदाहुँदै पनि वास्तविकता के हो भने यसरी श्रीमतीले अर्को व्यक्तिसँग यौनसम्पर्क राखेको वा अन्तरङ्ग सम्बन्ध राखेको प्रत्यक्ष रूपमा आफैंले देखिरहनुपर्दैन । विवाहलाई संस्थागत गर्न समाजले नियम बनाएको हुनाले नै होला, घर-परिवारका सदस्यहरू, छर-छिमेकका नातेदार वा अन्य सदस्य अनि समाजका अन्य व्यक्तिहरूले यस्ता सम्भावित सम्बन्धलाई गहन रूपमा नियालिरहेका हुन्छन् । शंकापूर्ण स्थिति हुनासाथ धेरैजसो स्थितिमा उनीहरूबाटै सूचना प्राप्त हुन्छ । यहाँ गोप्यताको कुरा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यथार्त सार्वजनिक हुनसक्छ र अन्त्यमा श्रीमान्ले पनि थाहा पाउन सक्छन् ।

त्यसबाहेक अन्य केही संकेत पनि देखिन सक्छ । भनिन्छ, प्रत्यक्षभन्दा यस्ता अप्रत्यक्ष लक्षणहरूले यस्ता कुरा बताइरहेका हुन सक्छन् । दम्पतीबीचको सम्बन्धमा सन्तोष प्राप्त गर्न नसक्नु, सम्बन्ध प्रेममय रहन नसक्नु, एक-अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनुजस्ता कुरामा ध्यान दिनुपर्छ । आनीबानीमा आएका परिवर्तन, सबन्धमा आएको दूरी, साथै बस्ने चाहना नहुनु, बढी समय आफूसँग बिताउन नचाहने, कता र कहाँ गएको भनेर थाहै नहुने, ढाँट्ने, असामान्य रूपमा बढी खर्च हुने तर के कुरामा खर्च गरियो थाहा पाउन नसकिनेजस्ता कतिपय कुराले किटानीसाथ भन्न नसकिए पनि यथार्त स्थिति संकेत भने गरेको हुनसक्छ, तर ठोस प्रमाण नभेटी यसै भन्न सकिँदैन । कतिपय स्थितिमा शंकाशंकैले राम्रो सम्बन्ध पनि बिग्रन सक्छ भन्ने कुरा पनि विचार गर्नुपर्छ । जसरी महिलालाई उसको श्रीमान्ले अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क राखे-नराखेको थाहा पाउन गार्होी हुन्छ, त्यसरी नै महिलाले पनि अन्य व्यक्तिसँग सम्बन्ध राखे नराखेको थाहा पाउन गार्हो  हुन्छ ।

के विवाहेत्तर सम्बन्ध पुरुषले मात्र राख्न पाउँछन् ?

विवाह गरेपछि साथसाथै एक-अर्कामा समर्पित भएर जिन्दगी जिउने अपेक्षा गरिन्छ । पुरुषले मात्र विवाहेत्तर सम्बन्ध राख्न पाउने भन्ने कुरा होइन । अपेक्षा दुवैले विवाहेत्तर सम्बन्ध नराखोस् भन्ने गरिन्छ । अर्को पक्ष के पनि हो भने प्रायः सबैजसो समाजमा विवाह-बन्धनभन्दा बाहिर यौनसम्पर्क हुनुले प्राकृतिक रूपमा व्यक्ति त्यसो गर्न सक्षम छ भन्ने कुरामा द्विविधा छैन । सक्षम वंशाणुलाई सन्तानमा सार्न पाउनु अधिकार र कर्तव्य दुवै हो, तर समाजको विकास हुँदै गएपछि विवाह र त्यसले जन्माएको सम्बन्धलाई निश्चित नियममा बाँध्न आवश्यक मानियो । पुरुष होस् कि महिला, सामाजिक रूपमा विवाहेत्तर यौनसम्पर्क वर्जित मात्र होइन, कानुनी रूपमा पनि विवाहेत्तर सम्बन्धलाई स्वीकार गरिँदैन र त्यसलाई दण्डनीय मानिन्छ । यौनचाहना शान्त पार्न अर्को व्यक्तिसँग यौनसम्पर्क नै राख्नुपर्छ भन्ने छैन । हस्तमैथुन वा अन्य वैकल्पिक उपायबाट पनि यौनेच्छा मेट्न सकिन्छ । सामाजिक मान्यता अनि कानुनी नियममा पुरुष र महिलाबीच धेरै असमानता छन् । महिलालाई मात्र होइन, पुरुषलाई पनि विवाहेत्तर सम्बन्ध राख्ने छुट छैन । पुरुष-नारीको असमानताको मूल जरो यौन र यौनिकतामा हुने असमानता हो, जबकि यस विषयमा खासै चर्चा गरिँदैन । यौन र यौनिकताका सम्बन्धमा पुरुष र महिलाबीचको असमानता हटाउन सकेको खण्डमा अन्य असमानताका कुरा स्वतः समाप्त हुने थिए ।

परपुरुषसँग सम्बन्ध राख्नैपर्ला ?

यौनसन्तुष्टि पूरा गर्ने कुरा जैविक दृष्टिकोणले स्वाभाविक भएर मात्र पुग्दैन । मुख्य कुरा विवाह-बन्धनमा बाँधिनु सामाजिक उत्तरदायित्व बोक्नु पनि हो । हुनसक्छ, रोजाइ र चाहनाबिना विवाह भएको होस् तर अहिले श्रीमान्, सन्तान अनि तपाईंको घर र माइतीतिरको परिवार अनि सबैभन्दा महत्त्वपूर्ण त आफैंलाई कस्तो असर पर्ला भनेर सोचविचार गर्नुपर्ने हुन्छ ।

कारणवश श्रीमान्सँगको यौनसम्पर्कलाई निरन्तरता दिन नसकिएको स्थिति वा यौन सन्तुष्टि नपाइएको आधारमा नै अर्को व्यक्तिसँग यौनसम्पर्कमा संलग्न हुनुपर्ने बाध्यता हुँदैन । हस्तमैथुन गर्न सकिन्छ र त्यसलाई यौन परिकल्पनासँग जोडिए आफूले चाहेको धेरै कुरा कल्पनाभित्र गरेर यौनआनन्द प्राप्त गर्न सकिन्छ । श्रीमान्सँगको सम्बन्ध केही बिगि्रयो भन्दैमा अहिलेका वैवाहिक सम्बन्धलाई के कसो गर्ने भन्ने विषयमा स्पष्ट नभै यौनआवेगमा आएर परपुरुष सम्बन्ध बढाउनु र यौनसम्पर्क राखिहाल्नु बुद्धिमानी हुँदैन । यदि अहिलेको सम्बन्ध स्थायी हुन सक्दैन भन्ने कुरामा पक्का भएपछि मात्र व्यवस्था गरेर मात्र नयाँ सम्बन्ध स्थापनाका लागि कदम चाल्नु उपयुक्त हुन्छ ।

No comments:

Post a Comment