मित्रहरु, हामीले अबका दिन देखि "अब तपाईको पालो" स्तम्भबाट तपाईका सेक्ससँग सम्बन्धित सम्पुर्ण सामग्रीहरु समावेश गर्ने योजना बनाएका छौ । जसमा तपाईले आफ्ना अनुभवहरु साटा-साट गर्न सक्नुहुनेछ । यहाँ हामीले कुनै पनि कुरामा बन्देज लगाउने छैनौं । त्यसैले तपाईले जे जस्ता सामग्रीहरु राख्न सक्नुहुनेछ । यहाँ तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरु राख्न सक्नुहुनेछ । तपाईका यी सामग्रीहरु हामीले कुनै रोकतोक सिधै प्रकाशित गर्ने व्यवस्था गरेका छौं त्यसैले तपाईले कुनै सम्पादन वा काटछाट होला भनेर डराउनु पर्दैन । तपाईले तपाईको सामग्री तपाईको ईमेलमा लेखेर 420nepal.mypost@blogger.com मा ईमेल गर्नु भयो भने यो सिधै http://www.420nepal.blogspot.com/ मा प्रकाशित हुन्छ । नपत्याए एउटा ईमेल लेखेर try गरी हेर्नुहोस् है त ।
ईमेल गर्ने तरिका:
To: 420nepal.mypost@blogger.com
Subject: शिर्षक लेख्नुहोस, के हो ।
फोटाहरु राख्न खोज्दै हुनुहुन्छ भने तपाईले Attach गर्नुहोस् ।
detailमा तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरुको बारेमा लेख्नुहोस अनि तपाईको नाम चाहि लेख्न नभुल्नु होला तल वा माथि र send गर्नु होस् ।

Latest posts

Nepali sexy model girls photos

प्रश्नः म २६ वर्षीया महिला हुँ । मेरो विवाह भएको एक वर्षपछि सात महिनाको शिशु जन्मियो, तर उक्त शिशु बाँच्न सकेन । शिशुको मृत्यु भएको चार महिनापछि अहिले मेरो पेटमा २ महिनाको गर्भ छ । यो शिशुलाई राम्रोसँग जन्माउन के-के गर्नुपर्ला ? पहिलेको शिशु पेटमा आउँदा तल्लो पेट दुख्ने तथा योनि चिलाउँथ्यो र त्यो समस्या अहिले पनि उस्तै छ । गर्भ रहेको कति दिनसम्म यौनसम्पर्क गर्न मिल्छ ? पहिलो शिशु पेटमा आउँदा म अस्पतालमा गएको थिएँ । त्यतिबेला म बेलाबेलामा चिकित्सकबाट आफ्नो स्वास्थ्य जँचाएर औषधी खान्थें, तर अहिले भने चिकित्सकको परामर्शका लागि कतै गएकी छैन । -एल.पी

उत्तरः राम्रोसँग शिशु जन्माउन के गर्नुपर्ला ?

जन्मको एक साताभित्रै तपाईंको शिशुको मृत्युको कुराले हामी दुःखी छौं । यौन तथा प्रजनन स्वास्थ्यको प्रमुख ध्येय स्वस्थ सन्तान जन्माउनु हो तर यथार्थ के हो भने नेपालमा धेरै शिशु तथा आमा अनाहक मृत्युवरण गर्न पुग्छन् ।

नेपालमा औसत १ हजार जीवित जन्मिएका शिशुमध्ये ३३ जनाको मृत्यु २८ दिन नपुग्दै भैरहेको छ । धेरै संख्यामा नवशिशुको मृत्यु हुनुका केही प्रमुख कारण यस प्रकार छन् ः गर्भवती हुनुभन्दा पहिले नै महिलाको स्वास्थ्य कमजोर हुनु र पर्याप्त हेरचाह तथा से वा नपाउनु, दक्ष स्वास्थ्यकर्मीर्द्वारा सेवा नपाउनु, शिशु जन्मिँदा कम तौलको हुनु अनि उचित शिशु एवं सुत्केरी स्याहार समयमै उपलब्ध नहुनु वा पर्याप्त नहुनु । शिशु मृत्युका प्रत्यक्ष कारणलाई हेर्दा शिशुलाई संक्रमण हुनु, शिशु निसास्सिनु/जन्मने क्रममा चो टपटक लाग्नु, गर्भको अवधि नपुगी जन्मनु तथा चिसोले कठ्याङ्गि्रनु । तपाईंको हकमा उमेर नपुगेरै तपाईंको शिशुको मृत्यु भएको देखिन्छ, तपाईंले सुविधा सम्पन्न अस्पतालको सेवा लिनुभएको बुझिन्छ ।

यस्तो हुन नदिन विशेष गरेर गर्भावस्थामा विशेष ध्यान पुर्याखउनुपर्छ । नियमित परिक्षणका साथै पोषण तथा आरामको व्यवस्था हुनुपर्छ । दक्ष व्यक्तिबाट सुविधासम्पन्न स्वास्थ्य संस्थामा प्रसूति गराउनुपर्छ । सुत्केरी एवं शिशुको स्याहार राम्रोसँग गर्नुपर्छ ।

शिशु जन्माउने उपयुक्त समय कुन होला ?

महिलाले जीवित जन्मिएको शिशु पाइसकेपछि अर्को गर्भ रहन कम्तीमा २४ महिना पर्खनुपर्छ । उपयुक्त गर्भान्तरको अवधिले महिला र शिशुको मृत्यु एवं रुग्णताबाट अर्थात् बिरामी हुनबाट बचाउन मद्दत पुर्यााउँछ । आफैं वा गराइएको गर्भपतनपछि महिला पुन  गर्भवती हुन कम्तीमा ६ महिना पर्खनु उपयुक्त हुन्छ ।

विभिन्न अध्ययनबाट देखिएको नतिजाअनुसार शिशु पाउनका लागि महिलाको उमेर २० वर्ष पुगिसकेको हुनुपर्छ । त्यसै गरी महिलाले ३५ वर्ष नाघिसकेपछि शिशु पाउनु हुँदैन ।

गर्भावस्थामा यौनसम्पर्क सम्पर्क राख्न हुन्छ ?

गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ता गरिरहेका हुन्छन् । गर्भको शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वाभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा  पहिले त सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग भनिदिँदैन । चिकित्साक्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त जानकारी दिइँदैन । त्यसैले उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै  बस्नुपर्ने बाध्यता हामी नेपालीहरूमा छ ।

यौनसम्पर्कका बेलामा पाठेघरको मुखमा लिङ्गले धक्का पुर्याछउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिन गै संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले सम्पर्क नै गर्न अप्ठयारो हुने भएकाले त्यस्तो  सम्पर्क राख्नु त्यति उचित नभएको तर्क राखेका छन्, तर कतिपय चिकित्सकले यसमा खास वैज्ञानिक आधार नभएको बताएका छन् । मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन, अर्थात् आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा  अघि बढाउन सकिन्छ । यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर पुग्दैन । एकपल्ट विचार गर्नुहोस् त, कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भ रहे-नरहेको कुरा नै थाहा हुँदैन ।

गर्भावस्थामा यौनसम्पर्क राख्नुका फाइदा तथा बेफाइदा के-के छन् ?

गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा अनाकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदिले यौनसम्पर्कमा नै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द लिन  सक्दैनन् । गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पति-पत्नीबीच दँरी बढ्न बढ्न सक्छ । भावनात्मक सामीप्यताको निरन्तरताका लागि त्यस्तो सम्पर्क निकै सहयोगी हुन सक्छ ।  यसका लागि यौनसम्पर्क गर्ने नयाँ उपाय वा आसनहरूका बारेमा जानकारी लिन  सकिन्छ, जसले दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक-अर्कामा समीप हुन तथा बुझ्न मद्दत मिल्छ ।

कस्ता सावधानी अपनाउनुपर्ला ?

यसबेला आसनको विशेष ख्याल राख्नुपर्छ । पुरुष माथितिर रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुष माथि बसेर वा पछाडिबाट गरिने सम्भोगका आसन गर्भवती महिलाका लागी सजिलो सावित हुनसक्छ । यस्ता प्रयोगपछि आफ्नी श्रीमतीसँग उनको  अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ । लिंग प्रवेश नै नगराई यौनआनन्द पाउने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुन सक्छन् । यदि योनिरक्तश्राव भए, पेट दुखे वा गर्भ तुहिन थालेको कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौ नसम्पर्क तुरुन्त बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोगको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ ।

No comments:

Post a Comment