मित्रहरु, हामीले अबका दिन देखि "अब तपाईको पालो" स्तम्भबाट तपाईका सेक्ससँग सम्बन्धित सम्पुर्ण सामग्रीहरु समावेश गर्ने योजना बनाएका छौ । जसमा तपाईले आफ्ना अनुभवहरु साटा-साट गर्न सक्नुहुनेछ । यहाँ हामीले कुनै पनि कुरामा बन्देज लगाउने छैनौं । त्यसैले तपाईले जे जस्ता सामग्रीहरु राख्न सक्नुहुनेछ । यहाँ तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरु राख्न सक्नुहुनेछ । तपाईका यी सामग्रीहरु हामीले कुनै रोकतोक सिधै प्रकाशित गर्ने व्यवस्था गरेका छौं त्यसैले तपाईले कुनै सम्पादन वा काटछाट होला भनेर डराउनु पर्दैन । तपाईले तपाईको सामग्री तपाईको ईमेलमा लेखेर 420nepal.mypost@blogger.com मा ईमेल गर्नु भयो भने यो सिधै http://www.420nepal.blogspot.com/ मा प्रकाशित हुन्छ । नपत्याए एउटा ईमेल लेखेर try गरी हेर्नुहोस् है त ।
ईमेल गर्ने तरिका:
To: 420nepal.mypost@blogger.com
Subject: शिर्षक लेख्नुहोस, के हो ।
फोटाहरु राख्न खोज्दै हुनुहुन्छ भने तपाईले Attach गर्नुहोस् ।
detailमा तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरुको बारेमा लेख्नुहोस अनि तपाईको नाम चाहि लेख्न नभुल्नु होला तल वा माथि र send गर्नु होस् ।

Latest posts

Nepali sexy model girls photos

प्रश्नः म २८ वर्षीय विवाहित युवक हुँ । मेरो विवाह दस महिनापहिले मभन्दा सात वर्ष कम उमेरकी युवतीसँग भयो । विवाहको एक महिनापछि म विदेश आएँ । मेरो एक महिनाको हनिमुन ज्यादै खल्लो भयो । किनभने मैले सोचेजस्तो यौनअनुभव गर्न पाइनँ । पहिलो सम्भोगमै श्रीमतीको योनि ज्यादै खुकुलो अनुभव गरें । उनका स्तन पनि लत्रिएको थियो र सम्भोगमा ज्यादै पानी बग्थ्यो । उनी मभन्दा मोटी छिन् । सम्भोग गर्दा उनी कुनै प्रतिक्रिया जनाउँदैनथिन् । यी सबै कुराको कारण के होला ? कहीँ उनले विवाह हुनुभन्दा पहिले अरू पुरुषसँग धेरै सम्पर्क गरेर त यस्तो भएको होइन ? अझ एक महिनाको समयमा गर्भ पनि बसेन । उनी अहिले पढ्न भनेर सहरमा एक्लै बस्छिन् । कहीँ उनले मेरो अनुपस्थितिमा अरू पुरुषसँग विगतका क्षणहरू दोहर्यामउने त होइनन् ? म पुनः एक वर्षपछि नेपाल जाँदै छु । त्यो समयमा मैले उनीसँग शारीरिक सम्पर्क गर्दा नयाँ अनुभव पाउँछु कि पाउँदिनँ ? उनको स्तन र योनिमा कुनै परिवर्तन आउला कि नआउला ? उनले अरू पुरुषसँग सहवास गरे-नगरेको कसरी थाहा पाउन सकिएला ? आजकाल म दिनमा दुई-तीन पटक हस्तमैथुन गर्छु । बढी हस्तमैथुन गर्दा पछि गएर शरीरलाई के-कस्तो असर पर्ला ? कहीं लिंगमा ढिलापन आएर श्रीमतीलाई सन्तुष्टि दिन नसक्ने पो हुँ कि ? श्रीमतीको अनुपस्थितिमा हस्तमैथुन गर्ने बानीलाई कसरी कन्ट्रोल गर्न सकिएला ? मैले सुनेको छु, हस्तमैथुन गर्नेहरूको लिंग कमजोर हुनुका साथै स्खलन पनि छिटो हुन्छ । के यी भनाइ सत्य हुन् ? हस्तमैथुनका फाइदा-बेफाइदा के छन्?--एस.

उत्तरः तपाईंले किन एकमहिने हनिमुन खल्लो भन्नुभयो ?

तपाईंले के-कस्तो सोच्नुभएको थियो, थाहा भएन । तपाईं हनिमुन नै मनाउन श्रीमतीसँग कतै जानुभयो कि भएन, पत्रमा उल्लेख छैन । सायद तपाईंको मागी विवाह थियो । यस्तो बेलामा विशेष गरेर सम्बन्धलाई प्रेममय तथा आत्मीय  बनाउन एकदमै प्रयास गर्नुपर्ने हुन्छ । हनिमुन मनाउन जाने कुरा यान्त्रिक रूपमा यौनसम्पर्क राख्ने मात्र होइन । विशेष गरेर हनिमुनलाई गुलियो वा मधुमय बनाउन तपाईंको पनि जिम्मेवारी छ ।

यदि व्यक्ति अपरचित भए सुमधुर सम्बन्धका लागि प्रयास गर्नुपर्छ । यौनसम्बन्ध र त्यसबाट प्राप्त हुने चरमसुखले त्यसमा सहयोग गर्छ । नाजायज अपेक्षा राख्नु नै शायद हनिमुन खल्लो बन्नुको कारण थियो । के तपाईंले श्रीमतीसँग कस्तो  अनुभव भयो सोध्नुभयो ? यो समय उहाँका लागि पनि त्यति नै महत्त्वपूर्ण छ । नेपाली समाजमा हुर्किएकी नारी भएकाले पनि उहाँलाई सजिलो बनाउन तपाईंले प्रयास गर्नु आवश्यक थियो ।

व्यक्तिअनुसार लिंग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेको कुरा यो स्तम्भमा पढ्नुभएकै होला । सामान्यतः उत्तेजित अवस्थामा  लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्च हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको लम्बाइ ३ देखि ४ इन्च  हुन्छ । यसो भए पनि पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थामा योनिका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन् । तपाईंलाई यो कति कसिलो हुनुपर्ने लागेको थियो, ले ख्नुभएको छैन । स्तनको आकार पनि व्यक्तिअनुसार फरक-फरक हुन्छ । किशोरावस्थामा हुने कसिलोपनमा बिस्तारै कमी त आउँछ नै । तौल कुनै समय बढी भएर फेरि घटेको अवस्था छ भने पनि स्तन गिलो हुन्छ । यहाँ पनि तपाईंको  अपेक्षाकै कुरा हुनसक्छ ।

कतै परपुरुषसँग सम्बन्ध राख्छिन् कि ?

यो कुरा भन्न सजिलो छैन । प्राकृतिक आवश्यकता एकातिर हुन्छ भने अर्कातिर समाजका नियमलाई मान्ने आत्मनियन्त्रण अनि वातावरणले दिने अवसर । यी सबैको जटिल नतिजामा यस्ता सम्बन्ध हुन पुग्छन् । तपाईंले विवाहेत्तर सम्बन्ध  राख्नुभएको छ कि छैन स्पष्ट छैन, तर त्यसै कसैलाई विनाआधार शंका गर्नु मनासिब हुँदैन । पढिरहेकी आफ्नी श्रीमतीलाई पक्कै पनि तपाईंले सहयोग गरिरहनुभएकै होला । पठाउनुभएको पैसा उचित अनि नलुकाइ खर्च भए-नभएको  कुराले अवाञ्छित सम्बन्ध भए-नभएको कुराको संकेत गर्छ । अहिले सञ्चारको यस्तो सुविधा भएको बेलामा नियमित सम्पर्कमा रहनुभयो भने माया बढ्छ । अनावश्यक शंका गरेर खोजिनिती गर्नु थाल्नुभयो भने सम्बन्धमा चिरा पर्छ र  नकारात्मकता थपिंदै जान्छ । त्यस्तो स्थितिमा यौनजीवन पनि त्यति राम्रो हुने कुरै भएन ।

हस्तमैथुनले केही हानि गर्छ कि ?

यो एक स्वाभाविक कुरा हो । यौनसम्पर्क होस् वा हस्तमैथुन, लिङ्गले उस्तै किसिमको घर्षणबाट आनन्द पाउने सन्देश मस्तिष्कमा पठाउँछ । विवाहपछि पनि थुप्रै व्यक्तिले हस्तमैथुन गर्छन् । यसरी छुट्टिएर बस्नुपरेको अवस्थामा त यो वरदान  नै हो । तपाईंले मात्र होइन, तपाईंकी श्रीमतीले पनि हस्तमैथुन गर्दा उहाँको यौनेच्छा शान्त पार्न सजिलो हुन्छ । यसका बारेमा तपाईंले आफ्नी श्रीमतीसँग पनि कुरा गर्नुभए हुन्छ ।

नयाँ अनुभव कसरी पाउने ? 

सम्बन्धलाई मधुर बनाउन प्रयास गर्नुहोस् र यौन आशनमा विविधता ल्याउनुहोस् । अनावश्यक शंका नगर्नुहोस् । वैवाहिक सम्बन्ध विश्वासको जगमा अडेको हुन्छ, यसमा धमिरा नलगाउनुहोस् । योनिलाई कसिलो बनाउन यौनांग क्षेत्रको  मांसपेशीलाई बलियो बनाउनुपर्छ । यसका लागि गरिने कसरतलाई नै केगेल (Kegel) कसरत भनिन्छ । अत्यधिक रस आउँदा पनि खुकुलोपन महसुस हुन्छ । यो महिलामा यौन उत्तेजनाको संकेत हो । केही महिलामा यौन चरमसुख प्राप्त  गर्ने बेलामा पनि यसो हुनसक्छ । त्यसका अन्य केही कारण छन् कि भनेर पनि विचार गर्नुपर्ने हुन्छ । अन्तमा, असन्तुष्टि भयो कि भनेर शंका गर्नुको सट्टा यस विषयमा श्रीमतीसँग राम्रोसँग कुराकानी गर्नु नै उचित होला ।

No comments:

Post a Comment