मित्रहरु, हामीले अबका दिन देखि "अब तपाईको पालो" स्तम्भबाट तपाईका सेक्ससँग सम्बन्धित सम्पुर्ण सामग्रीहरु समावेश गर्ने योजना बनाएका छौ । जसमा तपाईले आफ्ना अनुभवहरु साटा-साट गर्न सक्नुहुनेछ । यहाँ हामीले कुनै पनि कुरामा बन्देज लगाउने छैनौं । त्यसैले तपाईले जे जस्ता सामग्रीहरु राख्न सक्नुहुनेछ । यहाँ तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरु राख्न सक्नुहुनेछ । तपाईका यी सामग्रीहरु हामीले कुनै रोकतोक सिधै प्रकाशित गर्ने व्यवस्था गरेका छौं त्यसैले तपाईले कुनै सम्पादन वा काटछाट होला भनेर डराउनु पर्दैन । तपाईले तपाईको सामग्री तपाईको ईमेलमा लेखेर 420nepal.mypost@blogger.com मा ईमेल गर्नु भयो भने यो सिधै http://www.420nepal.blogspot.com/ मा प्रकाशित हुन्छ । नपत्याए एउटा ईमेल लेखेर try गरी हेर्नुहोस् है त ।
ईमेल गर्ने तरिका:
To: 420nepal.mypost@blogger.com
Subject: शिर्षक लेख्नुहोस, के हो ।
फोटाहरु राख्न खोज्दै हुनुहुन्छ भने तपाईले Attach गर्नुहोस् ।
detailमा तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरुको बारेमा लेख्नुहोस अनि तपाईको नाम चाहि लेख्न नभुल्नु होला तल वा माथि र send गर्नु होस् ।

Latest posts

Nepali sexy model girls photos

प्रश्नः म २४ वर्षीय युवक हुँ । म आफूलाई पूर्ण सम्झन्नँ, किनभने म आफूलाई Gay पनि भन्न सक्दिनँ, न Bi-sexual न त straight नै भन्न सक्छु । यतिका वसन्त पार गरुन्जेलसम्म म केटा र केटी दुवैप्रति उत्तिकै आकषिर्त हुन्छु । मैले विगत ६ वर्षदेखि एक युवतीसँग प्रेम गरिरहेको छु र उनलाई मैले पूर्ण सन्तुष्टि पनि दिएको छु । उनलाई मेरो Gay समस्याका बारेमा जानकारी छैन । म यो Gay sex को पाटोलाई लिएर अघि बढ्न सक्दिनँ । नेपालमा Gay sex को धारणा कस्तो छ, मैले बुझेको छु । यसको परिणाम म सोच्न पनि सक्दिनँ र चाहन्नँ पनि । तसर्थ म सामान्य जीवन बिताउन चाहन्छु । यस्तो कुनै प्रकारको औषधि, योग इत्यादि छ कि छैन, जसले मेरो समस्या समाधान गरोस् । --एसए

उत्तरः के कुराको अलमल ?

मानिस जन्मजात नै यौनिक हुने भए पनि किशोरावस्थामा विशेष गरी यौन भावना प्रवल हुनुका साथै स्पष्ट रूपमा प्रकट भएर पनि आउँछ र यौनसम्बन्धी शारीरिक तथा भावनात्मक परिवर्तन हुन्छ । भावनात्मक  परिवर्तनको कुरा गर्दा अर्को व्यक्तिप्रति यौनको दृष्टिले आकषिर्त हुनु पनि हो । सामान्यतः हामी विपरीत लिङ्ग प्रति आकषिर्त हुने भन्छौं र धेरैजसो पुस्तकमा पनि यसरी नै प्रस्तुत भएको पाइन्छ, तर अर्को यथार्थ  के हो भने धेरैजसो व्यक्तिका लागि त्यो सत्य भए पनि सबैका लागि भने यो कुरा सत्य नहुन सक्छ । कतिपय व्यक्ति समान लिङ्गकै व्यक्तिप्रति यौनको दृष्टिकोणले एक-अर्का प्रति आकषिर्त हुन्छ । यौनका दृष्टिकोणले विपरीत लिङ्गीप्रति आकषिर्त हुने व्यक्तिलाई हामी 'विपरीत लिङ्गी' यौन परिचय भएको मानिस भन्छौं भने आफ्नै जस्तै समान लिङ्ग भएको व्यक्तिप्रति आकषिर्त हुनेहरूलाई 'समलिङ्गी' र यस्तो 'पन' लाई  समलैङ्गकिता । यौनको दृष्टिकोणले पुरुष तथा महिला दुवैप्रति आकषिर्त हुने व्यक्तिलाई हामी द्विलिङ्गी भन्छौं । किशोरावस्थाको उतारचढावका केही वर्षमा विभिन्न किसिमका क्रियाकलापमा संलग्न हुने चाहना हुन्छ  र कतिपय आफूलाई नौला लाग्ने कुरालाई प्रयोग गर्न खोज्छन्, तर पछि आफ्नो प्राकृतिक स्वभावमा मिल्ने क्रियाकलापमै संलग्न हुन्छन् । तपाईंले किशोरावस्था पार गरिसक्नुभएकाले तपाईंको यौनभावना अनि  यौन परिचय स्थायी हुनुपर्छ, तर तपाईंमा अझै पनि अलमल छ भन्ने बुझिन्छ । त्यसैले तपाईंले आफ्नो भित्री मन अनि आकर्षणलाई राम्रोसँग केलाउनुपर्छ । तपाईंले केटा र केटी दुवैप्रति यौनका दृष्टिकोणले  आकषिर्त हुन्छु भन्नुभएको कुराले तपाईं द्विलिङ्गी भएको कुरालाई संकेत गर्छ । हुन सक्छ तपाईं आफ्नो फरक किसिमको यौन परिचयप्रति अझै पनि सहज महशुस गरिरहनुभएको छैन ।

युवतीसँगको सम्बन्ध

तपाईंले विगत ६ वर्ष अर्थात् यस्तै १८ वर्षको उमेरदेखि प्रेम गर्नुभएको कुरा उल्लेख गर्नुभएको छ । यति लामो समयसम्म तपाईंहरूको सम्बन्धले निरन्तरता पाइरहनुले एक किसिमको स्थायित्वको कुरालाई संकेत  गरिरहेको छ । तपाईं पूर्ण सन्तुष्टिको कुरा गर्नुभएको छ । के तपाइर्ंले यौन सन्तुष्टिको कुरा गर्नुभएको हो ? हो भने तपाईंले एक हदसम्म विपरीत लिङ्गी व्यक्तिसँग जीवन ब्यतित गर्ने सम्भावना छ । कुनै व्यक्तिसँग  सम्बन्ध गाँसेपछि त्यसप्रति समर्पित हुनु उक्त सम्बन्धको निरन्तरताका लागि आवश्यक कुरा हो । कुनै पनि विपरीत लिङ्गी व्यक्ति प्रेमी-प्रेमिका वा श्रीमान्-श्रीमतीबाहेक अर्को व्यक्तिप्रति पनि यौनको दृष्टिकोणले  आकषिर्त हुन्छ ।  जति नै आकर्षण भए पनि त्यसलाई विशेष गरेर हामी सामाजिक मूल्य-मान्यतालाई ध्यानमा राख्दै अन्तरङ्ग सम्बन्धको विकास हुन दिँदैनौं । यसले भैरहेको सम्बन्धको स्थायित्वमा मद्दत गर्छ ।  तपाईंले यही सिद्धान्तलाई अवलम्बन गर्न सक्नुहुन्छ ।

अर्को ध्यान दिनुपर्ने कुरा के हो भने कुरा लुकाएर वैवाहिक जीवनमा प्रवेश गर्नुभयो भने तपाईंहरू दुवैको भावी वैवाहिक जीवनमा गम्भीर नकारात्मक असर पर्न सक्छ ।

Gay सेक्सको बानी कसरी हटाउन सकिएला ?

तपाईं यदि वास्तवमै समलिङ्गी वा द्विलिङ्गी हुनुहुन्छ भने त्यसलाई परिवर्तन गर्न सजिलो छैन । तपाईंले यसमा अनेक किसिमको उपचार विधिको प्रचार-प्रसार तथा सामग्रीहरू पाउन सक्नुहुन्छ । यौन परिचयको  मामिलामा समाजले आशा गरेको भन्दा फरक कुरा आफूमा विकास हुन लाग्नु र यही अलमलका क्रममा अति नै गम्भीर किसिमको मानसिक तनाव हुने तथा पीर पर्छ नै । यौनको मामिलामा पहिलेको तुलनामा  हाम्रो समाज पनि खुला दृष्टिकोणतर्फ उन्मुख हुँदैन गएको छ र सबै किसिमको यौनपरिचय भएका व्यक्तिहरूलाई सहज रूपमा स्वीकार गर्ने परिस्थिति निर्माण हुँदै गएको छ र सहयोगीहरूको जमात पनि बढ्दै छ । आफ्नो इच्छाअनुसार निर्णय लिने प्रयास गर्नुहोस्, तर कतिपय प्राकृतिक कुरा हाम्रो व्यक्तिगत इच्छा, चाहनाभन्दा बलिया हुन्छन् भन्ने तथ्यलाई स्वाकार गर्दै त्यसाई आत्मसात् गरे जीवन सरल हुन्छ ।

अब के गर्नु राम्रो होला ?

मानव सभ्यतासँगै हामी आफैंले बनाएका कतिपय नीति-नियम अनि मूल्य मान्यता ध्र्रुव सत्यभै“m लाग्न सक्छन् । हाम्रो चेतन मनले त्यसलाई एक हदसम्म नियन्त्रण गर्न सक्छ र कुनै एक बिन्दुमा पुगेपछि सक्दैन ।  व्यक्तिगत इच्छालाई प्राकृतिक कुराले जित्छ । यसै सन्दर्भमा के भनौं भने तपाईंले आफ्नो जीवनमा केही कठोर निर्णय लिनुपर्ने क्षण आएको हुनसक्छ । यदि तपाईं द्विलिङ्गी हुनुहुन्छ र नियन्त्रण गर्न सक्छु जस्तो  लाग्दैन भने त्यसले तपाईंलाई असजिलोमा पार्ने मात्र होइन, तपाईंले अहिले सम्बन्ध राखेकी युवतीको जीवन पनि बरबाद हुनसक्छ ।

उक्त युवतीसँग सम्बन्धको निरन्तरता वा विवाह गर्ने वा नगर्ने कुरा निकै सोचेर गर्नुपर्ने विषय हो । कुनै महिलासँग विवाह भएपछि तपाईंले अर्को पुरुषसँग सम्बन्ध राख्नु धोका नै हो, यसका आफ्नै अप्ठ्याराहरूस ँग सामना गर्नुपर्ने हुन्छ । तपाईंले दोहोरो जिन्दगी जिउनुपर्ने हुन्छ, जुन कष्टकर सावित हुनसक्छ । तपाईंको द्विलिङ्गी सम्बन्धभित्र समलिङ्गी सम्बन्ध थाहा भए तपाईंका आफन्त, छिमेकी तथा साथीभाइका लागि पनि  यो त्यति सजिलो विषय हुँदैन । यस विषयमा थप विचार गरेर मनोचिकित्सक वा मनोपरामर्श दाताबाट परामर्श लिन सकिन्छ ।

2 comments:

  1. Hey there, You've done an excellent job. I'll certainly digg
    it and personally recommend to my friends. I am sure
    they will be benefited from this website.


    Also visit my web blog: appliance repair Lutz contractors

    ReplyDelete
  2. Thank you, I have just been looking for info about this topic for a while and yours is
    the best I have discovered so far. However, what about the bottom line?
    Are you certain concerning the source?

    Here is my web page: appliance repair Clearwater FL

    ReplyDelete