उत्तरः छुट्टिएर बस्नुको पीडा
वैदेशिक रोजगारीका क्रममा घरपरिवार र विशेष गरेर श्रीमतीबाट टाढा अन्य कठिनाइका साथसाथै यौनसम्बन्धी असजिलोलाई पनि सहेर बस्नुपर्ने बाध्यता छ । अन्य कतिपय असजिलालाई सजिलै भन्न सकिने भए पनि यौनसम्बन्धी असजिलोपनको चर्चा गर्न सजिलो छैन । तपाईंलाई त्यहाँ असजिलो भएजस्तै यहाँ तपाईंकी नवविवाहिता श्रीमतीलाई पनि पक्कै असजिलो भएको हुनुपर्छ, जुन कुरा तपाईंले उल्लेख पनि गर्नुभएको छ । तपाईंले आपसी सम्बन्धको आत्मीयतालाई टाढैबाट भए सुमधुर बनाउनुभएको छ । जे होस्, घर र्फकने सुरसारमा हुनुहुन्छ— सुखद वैवाहिक अनि यौन जीवनको शुभकामना ।
घरपरिवारवाट टाढा हुँदा व्यक्तिले यौनेच्छा शान्त पार्न अनेक उपाय गर्छन् । यौनेच्छा शान्त पार्न नै देहव्यापारी महिलासँग सम्पर्क गर्दा एचआईभीलगायत अनेक यौनरोग लागेर देश र्फकनु परेका घटना पनि छन् । कमाउन गएको पैसा उतै रमाइलोमा सकेर आउनेहरू पनि छन् । तपाईंको रोजगारी भएको देशमा यस्ता कार्यमा संलग्न हुन अन्य कतिपय देशको तुलनामा सजिलो नहुन सक्छ । तपाईंले हस्तमैथुनलाई यौनेच्छा शान्त पार्ने उपाय बनाउनुभएको रहेछ, जुन कतिपय कारणले निकै राम्रो मान्नुपर्छ । यसले अन्य अनावश्यक रूपमा खर्च हुने पैसा र समय त बचाउँछ नै, गोपनीयता पनि भङ्ग हुन दिँदैन । अन्य कुनै व्यक्तिसँग सम्पर्क नहुने भएकाले एचआईभी वा अन्य कुनै यौनरोग लाग्ने कुरा पनि भएन । हस्तमैथुन आफैंले गर्ने भएकाले यसमा अनेक यौन परिकल्पना जोड्न सकिन्छ, जसले थप यौनआनन्द दिन सक्छ । हस्तमैथुन कति पटकसम्म गर्नुहुन्छ ? सजिलो भाषामा भन्नुपर्दा शरीरले मागेअनुसार । त्यसैले यस विषयमा अनावश्यक चिन्ता लिनुपर्ने कारण छैन । एक सामान्य व्यक्तिले शरीरले मागेभन्दा बढी हस्तमैथुन गर्न सम्भव हुँदैन । हस्तमैथुन गरेर यौनेच्छा शान्त भएको स्थितिमा व्यक्तिले हस्तमैथुन नै गर्दैन । हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो । लिंगको घर्षणका कारणले नै यौन उत्तेजना बढ्दै पछि गएर चरमसुखको स्थितिसम्म पुगिन्छ । योनिसँगको होस् वा तपाईंको हात, लिंगलाई खास फरक पर्दैन । त्यसैकारण यस विषयमा अनावश्यक चिन्ता नलिए हुन्छ ।
श्रीमान्-श्रीमतीमा फोन सेक्स
सामान्यतः फोन सेक्सलाई श्रीमान्-श्रीमतीको सन्दर्भमा लिइँदैन । प्रविधिको विकास भएसँगै मानवसमाजले यसलाई यौनसम्बन्धी कुरामा जहिले पनि प्रयोग गर्ने गरेको छ । एक किसिमले फोनको प्रयोग गरेर यौनसम्बन्धी क्रियाकलापमा संलग्न हुनुलाई नै फोन सेक्स भन्न सकिन्छ । सञ्चारको यो माध्यमबाट यौन क्रियाकलापमा संलग्न हुँदा प्रत्यक्ष कुराकानीमा हुने भए पनि गोपनीयता भंग नहुने भएकाले यसले प्रसिद्धि पाएको छ । कतिपय संस्थाले त यस्तो किसिमको सेवा पनि दिने गरेको पाइन्छ । कतिपय स्थितिमा फोनलाई प्रयोग गरेर अश्लील र अभद्र किसिमको व्यवहार गरेको भेटिन्छ, तर तपाईंहरू दुवैले फोनको माध्यमबाट भए पनि एक किसिमले आफ्नो यौनजीवनलाई जीवन्त राख्नुभएको छ । मेरो विचारमा तपाईंहरूको वैवाहिक जीवनको सन्दर्भमा यो एउटा सकारात्मक कुरा हो । यसले पक्कै पनि सम्बन्धको प्रगाढतालाई बढाएको हुनुपर्छ । यसका साथसाथै परिकल्पना अनि हस्तमैथुनलाई संलग्न गर्न सके यौन आनन्द प्राप्त गर्न सहयोग पुग्छ नै ।
पम्पका कुरा
लिंगलाई बढाउने उपायहरू के-के छन् भनेर खोज्ने हो भने विभिन्न उपाय भेटिन्छन् । त्यसमध्ये एक पम्पको प्रयोग पनि हो । दबाब कम गर्ने पम्प प्रयोग गरी लिंगमा रक्तप्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिंगको उत्तेजना कडा र बढी हुने कुरा गरिएको छ । लिंगको फेदमा यसलाई लगाएपछि हाते वा विद्युतीय भ्याकुम पम्पले हावा निकालिन्छ र कम दबाब भएका कारणले लिंगमा बढी रक्त प्रवाह हुन्छ, यो लिंग बढी उत्तेजित भएको देखिन्छ । यस्तो प्रभाव तुरुन्तै देखिन्छ । यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिंगमा चोट पुग्ने सम्भावना पनि हुन्छ । यसको प्रयोग बन्द गरिएपछि पुनः पुरानै अवस्थामा र्फकने कुरा पनि कतिपय प्रयोगकर्ताले उल्लेख गरेका छन् ।
लिंगको टुप्पो काट्ने ?
कतिपयले धार्मिक तथा सांस्कृतिक कारणले लिंगअगाडिको छाला अर्थात् अग्रचर्म काट्छन् भने अन्य कतिपयले स्वास्थका कारणले । नेपालमा पनि यसको प्वाल सानो भएर पिसाब फेर्न वा लिंग उत्तेजनमा समस्या पर्दा अग्रचर्म काटिन्छ । यो सामान्य शल्यचिकित्सा भएकाले वहिरंग सेवाकै रूपमा गरिन्छ र शल्यक्रियाको केही समयपछि घर जान सकिन्छ । सानै उमेरमा यसरी अग्रचर्म काटिएका व्यक्तिमा क्यान्सर हुने सम्भावना नकाटिएको तुलनामा कम देखिएको छ भने अचेल एचआईभी सर्ने सम्भावना पनि कम भएको कुरा आएको छ । कतिपयले अग्रचर्म काटेपछि शिष्नमुण्डको संवेदनशीलतामा कमी आउने भएकाले यौनसम्पर्कका बेलामा आनन्द कम हुने कुरामा विश्वास गर्छन् भने कतिपयले यौनसम्पर्क अझ आनन्ददायक हुने कुरामा विश्वास गर्छन् । मास्टरर्स र जोनसनले आफ्नो अध्ययनमा अग्रचर्म काटे-नकाटेका पुरुषबीच खासै भिन्नता भेट्टाएका थिएनन् ।
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |
No comments:
Post a Comment