उत्तरः व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ ।
कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन-तीन वर्गमा विभाजित गरेका छन् । बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात 'समरत' मानिन्छ । त्यसबाहेकका अन्य यौनसम्पर्कलाई 'विषमरत' भनिन्छ । विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा 'उच्चरत' भनिन्छ भने सानो भए 'नीचरत' । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्चको हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ ।
तपाईंले कसरी योनिको नाप लिनुभयो र एक इन्च खुकुलो हुन्छ भन्ने कुरा थाहा पाउनुभयो, त्यसका बारेमा पनि लेखिदिनुभएको भए हुन्थ्यो । योनि नली आकारको अङ्ग भए पनि यसमा पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थामा योनिका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन् । त्यसैले योनिको नाप अर्थात् गहिराइ वा गोलाइको कुरा गर्दा योनिको संरचनाका बारेमा विशेष ध्यान दिनुपर्छ । योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अङ्ग हो । यसमा निकै तन्कन र खुम्चन सक्ने गुण हुन्छ, तर लिङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ तर लिङ्गसँग यसको भित्ता टाँसिएको अवस्थामै हुन्छ ।
के नाप ठिक्क मिल्नैपर्छ ?
व्यावहारिक जीवनमा लिङ्ग र योनिको नाप ठयाक्कै मिलाएर मात्र यौन सम्पर्क राख्न कतिपय कारणले सम्भव हुँदैन । विवाहभन्दा पहिले यसको नाप लिने कुरा पनि व्यावहारिक रूपमा सम्भव छैन । शरीरको बाहिरी नापले यौनाङ्गकोे नापलाई प्रतिविम्बित गर्दैन । विषमरत स्थितिमा यौनसम्पर्क हुँदा अपनाउनुपर्ने यौन आसनका बारेमा पनि वात्सायनले चर्चा गरेका छन् र यसको व्यावहारिकता अझै छ । आसनमा विभिन्नता ल्याएर यसमा सुधार ल्याउन सकिन्छ । योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ ।
लिङ्गलाई ठूलो वा लामो बनाउने विभिन्न उपाय जस्तै लिङ्गको कसरत तथा हातैले तन्काउने विधि, तौल वा यन्त्रको सहायताले तन्काउने विधि, पम्प प्रयोग गर्ने विधिका बारेमा जनकारी होला नै, तर यी सबै विधिका दीर्घकालीन प्रभावकारितामा अनेक प्रश्न छन् । तपाईंमा परिवर्तन नआएको पनि यही कारणले हुनसक्छ । शल्यचिकित्सा अर्को महत्त्वपूर्ण उपाय हो, तर यसले नाप बढ्ने एवं यौन सक्षमतामा मिश्रति नतिजा आएका छन् । तपाईंले सोच्नुभएको जस्तो यो सजिलो भने नहुन सक्छ । अर्को बिर्सन नहुने कुरा, योनिको बाहिरी एक तिहाइ भाग यौन संवे दनशील हुन्छ, जुन यौन सुख दिन पर्याप्त छ र भगांकुर बाहिरतिर हुने कुरा त भन्नु पर्दैन होला ।
कसरी कसिलो बनाउने ?
योनिलाई कसिलो बनाउन यौनाङ्ग क्षेत्रको माँसपेशीलाई बलियो बनाउनुपर्छ । यसका लागि गरिने कसरतलाई नै केगेल -प्भनभ) कसरत भनिन्छ । यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले pubococcygeus भनिने मांशपेशी समूहलाई पहिचान गर्नुपर्छ । यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहोर्या ई-तेहेर्या।ई उक्त मांसपेशीको पहिचान गर्नुपर्छ । यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशी नै उक्त मांसपेशी हो । यसले योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ । अब यसको कसरत गर्न थाल्नुपर्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्यारउने । बिस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने - खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्यानउने । यस्तो ६ सातासम्म नियमित रूपमा गरे थाहा पाउने गरेर केही फरक देखिन्छ । यो मांसपेशी संकुचित गरेर यौन सम्पर्कका बेलामा तपाईंको लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ अनि खुकुलो भएको महसुस हुँदैन ।
अत्यधिक रस आउँदा पनि खुकुलोपन महसुस हुन्छ । यो महिलामा यौन उत्तेजनाको संकेत हो । केही महिलामा यौन चरमसुख प्राप्त गर्ने बेलामा पनि त्यस्तो हुन सक्छ । अन्य केही कारण छन् भने विचार गर्नुपर्ने हुन्छ । अन्तमा, असन्तुष्टि भयो कि भनेर शंका गर्नुको सट्टा यस विषयमा श्रीमतीसँग राम्रोसँग कुराकानी गरेर समाधान खोज्नु उचित हुन्छ ।
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() | ![]() |
No comments:
Post a Comment